Rule 172
प्रतिवेदन पेश गर्नु पर्ने
लेखापरीक्षकले विद्यालयको लेखा परीक्षण गरी सकेपछि देहायका कुराहरु खुलाई सो सम्बन्धी प्रतिवेदन तयार गरी व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय र निर्देशनालयमा एक–एक प्रति पठाउनु पर्नेछः–
(क) सोधनी र कैफियत तलब भएका कुराको जवाफ यथाशीघ्र भए नभएको,
(ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
(ग) आय व्ययको स्रेस्ता कानून बमोजिम राखे नराखेको,
(घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रुपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
(ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसाब गरे नगरेको,
(च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
(छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा ।